घरजग्गा व्यवसायमा नयाँ युगको सुरुवात

डिजिटल रियल्टर बनौँ, स्वरोजगार बढाऔँ, संगठित र पारदर्शी घरजग्गा व्यवसाय निर्माण गरौँ!

हाम्रो अभियानका पाँच प्रमुख उद्देश्य

REAEK घरजग्गा कारोबार गर्ने परम्परागत दलाल कम्पनीहरूको प्रतिस्पर्धी बन्न चाहँदैन। बरु, स्थानीय रियल्टरहरूलाई एउटै डिजिटल प्लेटफर्ममा आबद्ध गराई उनीहरूको व्यवसाय, पहुँच, विश्वसनीयता र व्यावसायिक अवसर विस्तार गर्न चाहन्छ।

१. देशभर रियल्टर सञ्जाल विस्तार

REAEK ले नेपालका ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहसम्म क्रमशः रियल्टर सञ्जाल विस्तार गर्ने दीर्घकालीन लक्ष्य राखेको छ।

प्रत्येक स्थानीय बजारमा रियल्टरहरूको सहभागिता बढाई घरजग्गा खरिदकर्ता, विक्रेता तथा व्यवसायीहरूबीच डिजिटल सहकार्यको वातावरण सिर्जना गरिनेछ।

A woman in a business suit stands and presents to a group of people seated around a conference table in an office. (AI-generated)

२. महिलालाई रियल्टर व्यवसायमा विशेष अवसर

घरजग्गा व्यवसायमा महिलाको सहभागिता बढाऔँ — आर्थिक आत्मनिर्भरता र स्वरोजगारको नयाँ ढोका खोलौँ।

REAEK ले महिलाहरूलाई घरजग्गा व्यवसायमा प्रवेश गर्न प्रोत्साहन गर्ने विशेष अभियान सञ्चालन गर्ने योजना बनाएको छ।

हाम्रो लक्ष्य नयाँ रियल्टर भर्नामा महिलाको सहभागितालाई विशेष प्राथमिकता दिनु र दीर्घकालमा महिला तथा पुरुषको सन्तुलित प्रतिनिधित्व विकास गर्नु हो।

घरजग्गा व्यवसायमा अनुभव नभएका इच्छुक महिलाहरूले समेत तालिम, मार्गदर्शन र व्यावहारिक अभ्यासमार्फत आवश्यक सीप विकास गर्न सक्नेछन्।

गृहिणी, शिक्षित बेरोजगार महिला, युवा उद्यमी तथा आफ्नै व्यवसाय सुरु गर्न चाहने महिलाहरूलाई विशेष रूपमा सहभागी हुन आह्वान गर्दछौँ।

महिलालाई अवसर मात्र होइन, व्यावसायिक नेतृत्वमा पुग्ने बाटो पनि निर्माण गरौँ।.

३. रियल्टरहरूको स्वतन्त्र व्यावसायिक संघ स्थापना प्रवर्द्धन

REAEK ले नेपालमा रियल्टरहरूको साझा प्रतिनिधित्व, व्यावसायिक हित संरक्षण, क्षमता विकास तथा आचारसंहिता प्रवर्द्धनका लागि स्वतन्त्र रियल्टर्स एसोसिएसन (Realtors Association) स्थापना गर्न प्रोत्साहन तथा सहजीकरण गर्नेछ।

प्रस्तावित एसोसिएसनले स्थापना तथा आवश्यक कानुनी स्वीकृतिपछि आफ्ना सदस्यहरूको सहभागिता र नेतृत्वमा रियल्टर करियर विकास, तालिम, व्यावसायिक मापदण्ड, सदस्य सेवा र निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राख्नेछ।

यस व्यवस्थामा: -

  • REAEK ले डिजिटल प्लेटफर्म, सम्पत्ति सूचीकरण, बजार विस्तार, प्रविधि तथा व्यावसायिक सहकार्यमा केन्द्रित रहनेछ।
  • प्रस्तावित रियल्टर्स एसोसिएसन ले सदस्यहरूको व्यावसायिक हित, करियर विकास, तालिम, नैतिक आचरण तथा संस्थागत प्रतिनिधित्वमा केन्द्रित रहनेछ।

एसोसिएसन सदस्यहरूद्वारा सञ्चालित स्वतन्त्र संस्था हुनेछ। यसको स्थापना, सदस्यता, नेतृत्व तथा सञ्चालन सम्बन्धित कानुन र स्वीकृत विधानअनुसार हुनेछ।

रियल्टर करियर तथा सीप विकास

REAEK ले प्रारम्भिक चरणमा इच्छुक व्यक्तिहरूका लागि निःशुल्क अभिमुखीकरण सञ्चालन गर्ने योजना बनाएको छ।

प्रस्तावित रियल्टर्स एसोसिएसनको स्थापना भएपछि करियर तथा व्यावसायिक विकास कार्यक्रम एसोसिएसनमार्फत सञ्चालन गर्न प्रोत्साहित गरिनेछ।

रियल्टर करियर अभिमुखीकरण

-

२ घण्टा

निःशुल्क

डिजिटल रियल्टर तालिम

-

२० घण्टा

रु. २,०००

व्यावसायिक रियल्टर विकास तालिम

-

१०० घण्टा

रु. ५०,०००

रियल्टरहरूको व्यवसाय र आम्दानीका अवसर विस्तार

REAEK को प्रमुख उद्देश्य रियल्टरहरूको संख्या मात्र बढाउनु होइन, उनीहरूलाई वास्तविक व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने वातावरण निर्माण गर्नु हो।

डिजिटल सम्पत्ति सूचीकरण, खरिदकर्ता–विक्रेता सम्पर्क, स्थानीय बजार व्यवस्थापन तथा रियल्टरहरूबीच सहकार्यमार्फत व्यावसायिक अवसर विस्तार गर्ने हाम्रो योजना छ।

REAEK ले घरजग्गा बजारमा पारदर्शिता, उचित सूचना प्रवाह, व्यवस्थित अभिलेख तथा व्यावसायिक उत्तरदायित्वलाई प्राथमिकता दिनेछ।

रियल्टरहरू स्वतन्त्र व्यवसायीका रूपमा कार्य गर्नेछन्। आम्दानी वास्तविक कारोबार, सम्झौता तथा लागू कानुनी व्यवस्थामा निर्भर हुनेछ।

✅ आफ्नै स्थानीय क्षेत्रमा स्वतन्त्र व्यवसाय विकास गर्ने अवसर।

✅ डिजिटल प्लेटफर्ममा व्यावसायिक पहिचान निर्माण।

✅ घरजग्गा खरिदकर्ता र विक्रेतासँग सम्पर्क विस्तार।

✅ अन्य रियल्टरहरूसँग सहकार्य गर्ने अवसर।

✅ तालिम तथा व्यावसायिक सीप विकासको प्रस्तावित व्यवस्था।

✅ महिलाहरू तथा नयाँ व्यवसायीहरूलाई विशेष प्रोत्साहन।

✅ भविष्यमा स्वतन्त्र रियल्टर्स एसोसिएसनमार्फत व्यावसायिक हित र करियर विकासमा सहभागिताको अवसर।

रियल्टर बन्न को–को इच्छुक हुन सक्छन्?

घरजग्गा व्यवसायमा पहिलेबाट संलग्न अनुभवी व्यक्तिहरू, नयाँ व्यवसाय सुरु गर्न चाहने युवा, महिला, स्थानीय उद्यमी तथा डिजिटल प्रविधि प्रयोग गर्न इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्छन्।

रियल्टरको अन्तिम दर्ता तथा स्वीकृति योग्यता, आवश्यक कागजात, उपलब्ध कार्यक्षेत्र र लागू कानुनी आवश्यकताहरूको परीक्षणपछि हुनेछ।

आजै REAEK को अभियानमा सहभागी हुनुहोस्!

नेपालमा घरजग्गा व्यवसायको भविष्य निर्माण गर्ने अवसरमा तपाईं पनि सहभागी बन्नुहोस्।

पहिले निःशुल्क करियर अभिमुखीकरणमा सहभागी हुनुहोस्

REAEK को प्रणाली, जिम्मेवारी, व्यवसायको अवसर र दर्ता प्रक्रियाबारे बुझ्नुहोस्।

त्यसपछि आफ्नो रुचि र योग्यताअनुसार अगाडि बढ्नुहोस्।

Want to receive push notifications for all major on-site activities?

✕